बालेनले बोलाए छ महिनापछि प्रशासकीय अधिकृतसहितकाे कार्यपालिका बैठक

काठमाडौँ, २६ असार । छ महिनादेखिको गतिरोध अन्त्य गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले शुक्रबारका लागि कार्यपालिका बैठक बाेलाएका छन् ।

लामो समयदेखिको विवादपछि प्रमुख प्रशासकीय अधिकृतसहित बैठक बस्न लागेको हो। काठमाडौँ भ्यू टावरको नक्सा पाससम्बन्धी विवादपछि प्रमुख साहले बैठक बाेलाएका थिएन ।

स्रोतका अनुसार, प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिमा बैठक राख्ने प्रयास असफल भएपछि प्रमुख साह बैठक बोलाउन तयार भएको हो। उपमेयर र वडाध्यक्षहरूले प्रशासकीय अधिकृतविनाको बैठकलाई गैरकानूनी हुने भन्दै दबाब दिएपछि साहले बैठक बाेलाएका हुन् ।