साफ यु२० महिला च्याम्पियन्सीप

मध्यान्तरमा श्रीलङ्काविरुद्ध नेपाल ५–० ले अगाडि

काठमाडौँ, ३१ असार । साफ यु२० महिला च्याम्पियन्सीपअन्तर्गत नेपालले श्रीलङ्काविरुद्धको खेलको मध्यान्तसम्म ५–० ले अग्रता बनाएको छ ।

वर्षाका कारण बङगलादेशको ढाकास्थित बसुन्धरा किङ्स एरिना रङगलशालाको मैदान खेल्नका लागि अनुपयुक्त भएपछि खेल सोही रङगशालाको अभ्यास मैदानमा खेलाइएको थियो । यसैगरी सो खेल करीब डेढ घन्टा ढिला सुरु भएको हो ।

नेपालका लागि मिना देउबा र पूर्णिमा राईले दुई–दुई तथा समीक्षा मगरले एक गोल गरे । भुटानविरुद्ध चार गोल गरेकी पूर्णिमाको यस प्रतियोतिगामा गोलसङ्ख्या छ पुगेको छ ।