पर्वतमा पहिरोले घर पुरिँदा दम्पत्ति बेपत्ता, एकको उद्धार
काठमाडाैं, ४ साउन । गएरातिदेखिको अविरल वर्षासँगै आएको पहिरोले पर्वतको मोदी गाउँपालिका-३ लाङ्दिमा एक घर पुरिँदा दम्पत्ति बेपत्ता भएका छन्।
पहिरोले स्थानीय छविलाल विकको घर पुरिँदा उनी र उनकी श्रीमती बेपत्ता भएका हुन्।
वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीका अनुसार, पहिरोमा पुरिएका एक जनाको भने स्थानीयले सकुशल उद्धार गरेका छन्।
बेपत्ता दम्पत्तिको खोजी कार्य जारी रहेको र घटनाको थप विवरण आउन बाँकी रहेको बताइएको छ।