लिड्सको विजयी सुरुआत
लन्डन, ३ भदौ । यस सत्रमा प्रिमियर लिगमा उक्लेको लिड्सले सोमबार राति इभर्टनलाई १–० ले हराएर विजयी सुरुआत गरेको छ ।
खेलको ८४ औँ मिनेटमा स्थानापन्न खेलाडी लुकास एनमेचाले पेनाल्टमा गरेको गोल निर्णायक बन्यो । इभर्टनका कप्तान जेम्स टार्कोस्कीले डिबक्समा ह्यान्ड गरेपछि लिड्सले पेनाल्टी पाएको हो ।
लिड्सले दुई वर्षको अन्तरालपछि प्रिमियर लिग खेलेको हो । लिड्स पहिलो खेल जित्ने दोस्रो बढुवा हुने टिम बनेको छ । यसअघि, सन्दरल्यान्डले पनि जित प्राप्त गरेको थियो ।