सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ, ५ भदौ । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९४ हजार ८०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार २९० मा खरिदबिक्री भइरहेको छ ।
बुधबार सुन तोलाकाे रु एक लाख ९३ हजार ५०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार २५५ मा बिक्री भएको थियो ।