नेपाल दुवै अभ्यास खेलमा विजयी
काठमाडौँ, १० भदौ । नेपालले मङगलबार अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसिटी)लाई दुवै अभ्यास खेलमा पराजित गरेको छ ।
नेपालले एसिटीलाई पहिलो अभ्यास खेलमा ४१ रन र दोस्रो अभ्यास खेलमा छ विकेटले हरायो । लेग स्पिनर सन्दीप लामिछानेले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपालले पहिलो अभ्यास खेल सजिलै जित्यो । पहिले ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १७७ रन बनाएको थियो । सन्दीपको पाँच विकेट लिएपछि घरेलु टिम १७.२ ओभरमा १३६ रनमा अलआउट भयो ।
लेग स्पिनर सन्दीपले १२ औं ओभरमा पाँचौँ र छैटौँ बल तथा १४ औँ ओभरको पहिलो बलमा क्रमश होगन, बोर्स र रहमानलाई आउट गरेर ह्याट्रिक लिएका थिए । सन्दीपले चार ओभरमा ३१ रन खर्चेर पाँच विकेट लिऐ । करण केसीले दुई तथा रुपेश सिंह, गुलशन झा र कुशल भुर्तेलले एक–एक विकेट लिनुभयो ।
एसिटीका लागि जे स्मिथले ३३ बलमा सर्वाधिक ५० रन बनाए । यसअघि, नेपालको पालिमा आसिफले ३९ बलमा पाँच चौका र चार छक्कासहित सर्वाधिक ६९ रन बनाएका थिए । कप्तान रोहित पौडेलले पन २८ बलमा दुई चौका र एक छक्कासहित ३६ रनको पालि खेले । एसिटीका इभान, रहमान, दुबे र ब्रुनकरले दुई–दुई विकेट लिए
अर्को खेलमा दिपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन गरे । टस हारेपछि पहिले ब्याटिङ गरेको एसीटी १७.२ ओभरमा ९६ रनमा अलआउट भएको थियो । दिपेन्द्रसिंह ऐरी र शाहब आलमले चार–चार विकेट लिएर एसिटीको पालि चाँडै समाप्त पारे । कप्तान रोहित र गुलसनले एक–एक विकेट लिनुभयो ।
नेपालले १३.२ ओभरमै चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । दीपेन्द्रसिंहले अविजित रहेर सर्वाधिक ४२ रन बनाए ।