काठमाडौंको जडिबुटीमा स्कुटर दुर्घटना, दुई युवाको मृत्यु
काठमाडौँ, १३ भदौ । काठमाडौंको जडिबुटीमा आज बिहान बससँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ।
आज बिहान करिब पौने तीन बजे जडिबुटीस्थित आकासे पुल नजिकै कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटर चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाचँखाल–२ होक्से घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरूको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कोटेश्वरले जानकारी दिएको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।