हरिओम् र राजेशले ल्याए “एउटा थियो दिल्…”

काठमाडाैं, १८ भदाै । गायक राजेश धामीले आफ्नो पहिलो गीति एल्बम “एउटा थियो दिल् ” को श्रव्य-दृश्य सार्वजनिक गरेका छन् ।
पछिल्लो समय गीत-सङ्गीतको बजारमा आइरहेका गीतहरूभन्दा केही पृथक शैलीको गीतमा शब्द ,संगीत हरिओम् मङ्गोलको रहेको छ भने संगीतसंयोजन नरेन्द्र बियोगीले गरेका छन् ।
प्रेमभावमा तयार पारिएको उक्त गीतको श्रव्य-दृश्यको निर्देशन मनिश श्रेष्ठले गरेका छन् ।
काठमाडौंका बिभिन्न मनोरम स्थलहरूमा खिचिएको उक्त श्रव्य-दृश्यमा हरिओम् र रचनालाई प्रेमिल जोडीको रूपमा देख्न सकिन्छ । हरिओम् मङ्गोल युटुब च्यानल मार्फत् सार्वजनिक गरिएको उक्त श्रव्य-दृश्य निकै सुन्दर बनेको छ ।