इन्द्रजात्राको यःसिं ठड्याइएसंगै आजदेखि विधिवतरूपमा जात्रा सुरू
काठमाडौं, १९ भदाै । हनुमानढोका दरबार क्षेत्रमा इन्द्रजात्राको यःसिं ठड्याइएसंगै आजदेखि विधिवतरूपमा इन्द्रजात्रा सुरू भएकाे छ ।
वर्षा र सहकालका देवता इन्द्रको नाममा मनाइने इन्द्रजात्राको आज १० बजेर ३१ मिनेटको शुभसाइतमा यःसिं ठड्याएपछि विधिवतरूपमा जात्रा सुरू भएकाे हाे।
समितिले दिएको साइतमा आज बिहान मानन्धर समूहले इन्द्रध्वजोत्थान गरेको हाे ।
यःसिं उठाएपछि जात्राको मुख्य दिन कुमारीलाई तल्लो टोलमा यात्रा गराइन्छ भने भोलिपल्ट माथिल्लो टोलमा यात्रा गराइन्छ ।
बौद्ध धर्मावलम्बीहरूले आज इन्द्रजात्रामा य: सिं उठाएकै दिन (उपाकु वनेगु) दिवंगतहरुको सम्झनामा धार्मिक पदयात्रा उपाकु यात्रा गर्दैछन् ।
काठमाडौको भित्री शहरहरुमा अपरान्हदेखि बेलुकीसम्म दिवंगतहरुको सम्झनामा नेवार बज्रयानी बौद्ध समुदायले एक प्रकारको धार्मिक पदयात्रा गरिन्छ यसलाई नै उपाकु वनेगु भनिन्छ ।