दर्ता नहुने सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय, कार्यान्वयन हुँदै

काठमाडौं, १९ भदाै । नेपाल सरकारले पटकपटकको ताकेतालाई बेवास्ता गर्दै नेपालमा दर्ता हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्म तथा ओटीटी (ओभर द टप) लगायतका सामग्रीहरूलाई क्रमशः नेपालभित्र निष्क्रिय बनाउने भएको छ ।

सर्वोच्च अदालतको पटकपटकको आदेश, मन्त्रिपरिषद् बैठकको निर्णय र सरकारले जारी गरेका विभिन्न सूचनाहरूका आधारमा दर्ता हुन नमानेका यस्ता प्लेटफर्महरूलाई निष्क्रिय पार्ने तयारी गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अदालतको आदेश र सरकारको निर्णयबमोजिम आजै निष्क्रिय र बन्द गरिने सञ्जालहरूको सूचीसहितको सूचना जारी गर्ने तयारी गरेको छ ।