एन्फालाई दस हजार डलर जरिवाना

काठमाडौँ, १ असोज । एएफसी फुटसल एसियन कप छनोट प्रतियोगितामा सहभागिता नजनाएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) कारवाहीमा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी)को एथिक्स कमिटीको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर जरीवाना गरेको हो ।

फुटसल एसियन कप आगामी जनवरी २७ देखि फेब्रुअरी ७ सम्म इन्डोनेसियामा हुँदैछ । दुई शहरमा आयोजना हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ । सो प्रतियोगतामा चयन हुनका लागि छनोटअन्तर्गत ३१ टिमलाई आठ समूहमा विभाजन गरिएको छ । छनोट प्रतियोगिता सेप्टेम्बर २० देखि सुरु हुँदैछ ।