एफए कपमा लिभरपुल र चेल्सीलाई सफलता

लन्डन, ८ असोज । इङगलिस लिग कपको तेस्रो चरणमा लिभरपुलले साउथाम्पटनलाई तेस्रो चरणमा २–१ ले हराएको छ ।
ह्युगो इकिटिकेले खेलको ८५ औँ मिनेटमा गोल गरेर लिभरपुललाई जित दिलाए । यद्यपि गोलको खुशी मनाउने क्रममा इकिटिकेले रातो कार्ड पनि पाउनुभयो । यसअघि अलेक्जयान्दर इसाकले पहिलो गोल गरेका थिए । साउन्थाम्टनका लागि खेलको ७६ औँ मिनेटमा सिया चाल्र्सले बराबरी गोल गरे ।
यसैगरी चेल्सीले तेस्रो डिभिजनका लिन्कन सिटलाई बल्लतल्ल २–१ ले पराजित गर्यो । रब स्ट्रिटको गोलबाट एक गोलले पछाडि परेको चेल्सीले उत्तरार्धमा टेरिक जर्ज र फाकुन्डो बुवानानोटीको गोलबाट पुनरागमन जित हात पारेको हो ।
अन्य खेलमा कार्डिफले प्रिमियर लिगमा खेल्ने क्लब बर्नलीलाई २–१, , ब्राइटनले बर्नस्लीलाई ६–०, वोल्भ्सले इभर्टनलाई २–०, रेक्जामले रिडिङलाई २–० र फुल्हमले काम्ब्रिजलाई १–० ले हराए ।