आर्सनलको सनसनीपूर्ण जित
लन्डन १३ असोज। खेलको ९६ औँ मिनेटमा गाब्रियलले गोल गरेपछि इङगलिस प्रिमियर लिगमा आर्सनलले न्युक्यासललाई २–१ ले हराएको छ । खेलको ३४ औँ मिनेटमा निक वोल्टेमाडेले गोल गरी न्युक्यासललाई अगाडी पारेका थिए । सो गोलले आर्सनल हारतर्फ अग्रसर थियो । तर खेलको ८४ औँ मिनेटमा मिकेल मेरिनोले बराबरी गोल गरे भने डिफेन्डर गाब्रियलले हेड गोल गरी आर्सनललाई जित दिलाए ।
यस नतिजासँगै आर्सनलले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दुरी पनि कम गरेको छ । अङ्क तालिकामा दोस्रो स्थानमा रहेको आर्सनल गत विजेता लिभरपुलभन्दा दुई अङ्कले पछाडि छ ।
अर्को खेलमा एस्टन भिल्लाले फुलहमलाई ३–१ ले हरायो । यस सत्रमा भिल्लाको यो पहिलो जित भएको छ ।