महिला विश्वकप क्रिकेट सुरु, उद्घाटन खेलमा भारतको जित

नयाँ दिल्ली, १५ असोज । भारतमा महिला विश्वकप क्रिकेट प्रतियोगिता सुरु भएको छ । दिप्ती शर्माको अलराउन्ड प्रदर्शनको सहयोगमा मङगलबार राति भएको उद्घाटन खेलमा भारतले श्रीलङ्कालाई डकवर्थ लुइसको नियमअनुसार ५९ रनले हरायो ।

दिप्तीले ५३ बलमा ५३ रन बनाउनुका साथै दस ओभरमा ५४ रन खर्चेर तीन विकट लिइन् । भारतका लाग अमनजित कौरले ५६ बलमा सर्वाधिक ५७ रन बनाइन् । उनले छ ओभरमा ३७ रन दिएर एक विकेट पनि लिइन् । दिप्ती र अमनजितले सातौँ विकेटका लागि ९९ बलमा १०३ रनको साझेदारी निर्वाह गरेपछि मात्र भारतको पालि राम्रो भएको हो । भारतले २७ ओभरमा १२४ रन बनाउँदा छ विकेट गुमाइसकेको थियो ।

पटकपटक वर्षाले अवरोध पारेको पालिमा भारतले ४७ ओभरमा आट वकेटको क्षतिमा २६९ रन बनायो । श्रल ङ्का जवाफमा ४५.४ ओभरमा २११ रनमा अलआउट भयो । श्रीलङ्काको पालिमा कप्तान चामरी अथपथुले ४७ बलमा सर्वाधिक ४३ रन बनाइन् । भारतका लागि स्नेहा राना र श्री चारनीले दुई–दुई विकेट लिएर दिप्तीलाई उचित साथ दिइन् ।

भारतले अर्को खेल कोलम्बोमा आइतबार पाकिस्तानवरिुद्ध खेल्नेछ । श्रीलङ्काले कोलम्बोमै शनिबार विश्व विजेता अस्ट्रेलियाको सामना गर्नेछ । यसअघि, उपाधि रक्षा अभियानमा रहेको अस्ट्रेलियाले बुधबार टि२० विश्व विजेता न्युजिल्यान्डको सामना गर्दैछ ।