विश्वकप टि२० छनोट खेल्ने नेपाली टिम घोषित

काठमाडौँ, १७ असोज । आईसीसी टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासफिक छनोट फाइनलका लागि नेपालको १५ सदस्यीय टिम सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले गरेको घोषणअनुसार स्पीनर साहब आलमलाई बाहिर राखेर नेपालले वेस्ट इन्डिजसँगको शृङ्खलामा टिममा रहेका सबै खेलाडीलाई समावेश गरेको छ । क्यानका अनुसार साहब आलम वैकल्पिक खेलाडीका रूपमा रहनेछन् ।

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक रिजनल फाइनलमा नौ टोली सहभागी छन् । जसमध्ये शीर्ष तीन टिम विश्वकपमा खेल्न योग्य हुने प्रावधान रहेको छ । नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ ।

नेपाली टोलीः रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी