एमाले सचिवालय बैठक जारी

काठमाडौं, २४ असाेज । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक भक्तपुरकाे गुण्डुमा सुरू भएको छ ।

केही बेरअघि सुरूभएकाे बैठक अध्यक्ष केपी ओलीको डेरा गुण्डुमा सुरू भएको हाे ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेन-जी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डा तय गर्नेछ ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवासका अध्यक्षहरूसँग गर्नु भएको भर्चुअल बैठकको जानकारी, वर्तमान सरकारले लिन सक्ने कदम, निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी छ ।