हिजो देखि सुरु भएको कार्तिक नाचको दश तस्बिरहरु

 

ललितपुर, ११ कात्तिक । पाटन दरबार डबलीमा ३८५ वर्षदेखि चल्दै आएको ऐतिहासिक कार्तिक नाच हिजो देखि सुरु भएको छ । नाच १९ गतेसम्म प्रत्येक साँझ ७ बजे प्रदर्शन हुनेछ।

मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले विसं १६९७ मा सुरु गरेको यो नाच भगवान् विष्णुका १७ कथामा आधारित छ। हरेक दिन फरक कथाअनुसार लीला प्रस्तुत गरिन्छ।

कार्तिक नाच सञ्चालन समितिका अध्यक्ष किरण चित्रकारका अनुसार राजा सिद्धिनरसिंहले देश र जनताको कल्याणका लागि यो नाच सुरु गरेका थिए।

सुरुमा पाँच दिन मात्र प्रदर्शन हुने यो नाच पछि १५ दिनसम्म विस्तार भएको थियो। संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा चिनिने यो नाच सत्ताइस दिनसम्म सञ्चालन हुन्थ्यो।

विसं २००७ को जनक्रान्तिपछि नाच खुम्चिँदै गयो। हाल कलाकारको अभाव र आर्थिक समस्याका कारण १० दिनमा मात्र सीमित छ।

नाच संरक्षण समितिले रु १० करोडको अक्षयकोष स्थापना गरी कलाकारलाई व्यावसायिक रूपमा अगाडि बढाउने योजना बनाएको छ। 

हिजो पहिलो दिनको कात्र्तिक नाचको पन्ध्र तस्बिरहरु :