काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुबाप्रति तर्पण र पिण्डदान गर्नेकाे भीड ( सात तस्बिरमा हेर्नुहाेस)
काठमाडौं, २६ भदौ । कुशे औंशीका अवसरमा आज गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा ठूलो संख्यामा भक्तजन उपस्थित भएका छन्।
दिवंगत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्न आज बिहानैदेखि मन्दिर परिसरमा भक्तजनको घुइँचो लागेको छ। ‘उत्तरगया’का नामले समेत परिचित यस मन्दिर परिसरमा हरेक वर्ष कुशे औंशीका दिन आफ्ना दिवंगत बुबाप्रति श्रद्धा व्यक्त गर्न आस्थावान भक्तजन ठूलो संख्यामा भेला हुने गर्छन्।
सात तस्बिरहरू…..


