सुनकाे मूल्य सामान्य घट्याे, आज कतिमा हुँदैछ काराेबार ?
काठमाडौँ, २१ मङ्सिर । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य कमी आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुनको मूल्य रु २ लाख ५२ हजार २०० कायम भएको छ भने चाँदीको मोल रु ३ हजार ६०५ निर्धारण भएको छ।
शुक्रबार सुनको मूल्य प्रतितोला रु २ लाख ५२ हजार ४०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु ३ हजार ५५५ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार १९८ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।