पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ यात्रु घाइते, पहिचान खुल्न बाँकी

काठमाडाैं, २६ मंसिर । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

अरुणखोलाबाट पाल्पाको रामपुर जाँदै गरेकाे लु १ ज ३९०८ नम्बरको फोर्स जिप मित्याल अरुणखोला सडक अन्तर्गत निस्दी ४ मित्याल चिउरेबासको पहिलो घुम्तीनजिकै सडकबाट झन्डै ५०० मिटर तल खोल्सोमा खसेर दुर्घटना भएकाे हाे ।

दुर्घटनामा ३ जनाको शव फेलापरेकाे छ भने पहिचान खुल्न बाँकी रहेको स्थानीयको भनाई रहेको छ ।घाइतेलाई निस्दी गाउँपालिकाको गाडीमा उपचारमा लागि अरुणखोला लगिएको प्रहरीले जनाएकाे छ ।