जेनजी शहीदको शालिककाे अनुहार नमिलेपछि उद्घाटन स्थगित
काठमाडौं, २४ भदाै । सातदोबाटोस्थित शहीद पार्कमा निर्माण गरिएको जेनजी शहीदको शालिकको अनुहार वास्तविक शहीदसँग नमिलेपछि यसको उद्घाटन कार्यक्रम स्थगित गरिएको छ।
शालिक अनावरणका लागि कार्यक्रमस्थलमा पुगेका गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल अनुहार नमिलेको विषय याकिन भएपछि अनावरण नगरी नै फर्किएका छन्।
निर्माण समितिले उक्त त्रुटिपूर्ण प्रतिमालाई पुनर्निर्माण गरी एक महिनाभित्र नयाँ शालिक तयार गर्ने जनाएको छ।
