सङकटा र सातदोबाटो बराबर, लालीगुराँस विजयी
काठमाडौंँ, माघ १ गते । एन्फा राष्ट्रिय लिगमा सातदोबाटो युथ क्लब र संकटा क्लबले गोलरहित बराबरीमा खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहिवार सातदोबाटो र संकटाले केही अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् ।
विहिबार नै भएको अर्को खेलमा लालिगुँरास एसोसिएसनले जावलाखेल युथ क्लबलाई १–० ले हरायो । खेलको दोस्रो मिनेटमा लालिगुँरासका राज भुसालले गरेको हेड गोल निर्णायक बन्यो ।
शुक्रवार त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा मछिन्द्र फुटबल क्लब र न्युराड टिम (एनआरटी) विच खेल हुने छ ।