एक हजार टि२० आइ रनको कोशेढुङ्गामा रुविना
काठमाडौँ, माघ ८ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्वकप्तान रुबिना क्षेत्रीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेकी छन् ।
रुविनाले ८१ खेलमा १००५ रन बनाएकी छन् । रुविनाले नेदरल्यान्ड्सविरुद्ध ३७ रनको पालिमा टि२०आइमा एक हजार रनको कोशेढुङ्गा छोइन् ।
रुविनाले टि२० आइमा एक शतक र एक अर्धशतक पनि बनाएकी छन् । रुविना यो उपलब्धिमा खुशी भने भइनन् । उनले भनेकी छन्– खेल जितेको भए मलाई खुशी लाग्थ्यो । एक हजार एकदम ठूलो उपलब्धि जस्तो लाग्दैन । अझै ठूलो काम गर्नुछ ।