विश्वकप वार्मअपमा नेपालको लगातार जित
काठमाडौँ, २२ माघ । प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखको अर्धशतकीय पालिको सहयोगमा नेपालले आइसिसी टि२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रा् वार्मअप खेलमा क्यानाडालाई छ विकेटले हराएको छ । नेपालले पहिलो वार्मअपमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पनि सात विकेटले पराजित गरेको थियो ।
भारतको चेन्नईस्थत चिदामबरम रङगशालामा टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारीत २० ओभरमा छ विकेटको क्षतिमा १६१ रन बनाएको थियो । नेपालले दुई ओभर बाँकी छँदै चार विकेट गमाएर १६२ रन बनाई लक्ष्य हासिल गर्यो ।
आसिफले २९ बलमै छ चौका र तीन छक्कासहित ५८ रन बनाएपछि नेपालको जित सहज बनेको हो । सन्दीप जोराले पनि ३० बलमा चार चौका र एक छक्कासहित ४४ रनको राम्रो पाललि खेले । गुलसन झा २५ बलमा पाँच चौका प्रहार गरेर ३१ रनमा अविजित रहे । कप्तान दिपेन्द्रसिंह ऐरी नौ रनमा अविजित रहे । क्यानाडाका जस्किरन सिंह, साद बिन जाफर र अजयभिर हुन्डालले एक÷एक विकेट लिए ।
यसअघि, क्यानाडाका लागि प्रारम्भिक ब्याट्सम्यान नवनीत धालीवालले सर्वाधिक ४१ रन बनाएका थिए । श्रेयस मोभाले १९ बलमा दुई चौका र तीन छक्कासहित अविजित ३८ रन र जस्किरनले ११ बलमा २१ रन बनाएपछि क्यानाडाको पालि राम्रो भएको हो ।
नेपालका लागि लेग स्पीनर सन्दीप लामिछाने र भुर्तेलले दुई÷दुइ ततथा सोमपाल कामी र नन्दन यादवले एक÷एक विकेट लिए ।