साहुखल र घिमिरे राष्ट्रिय फुटबल टिममा सहायक प्रशिक्षक नियुक्त
काठमाडौँ, चैत ३ गत । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मङगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र चेतन घिमिरेले नै निरन्तरता दिएको छ ।
महासचिव किरण राईले एन्फा कार्यालयमा हङकङसँगको मैत्री खेल र त्यसपछि एएफसी छनोटअन्तर्गत लाओससँग हुने खेलका लागि साहुखल र घिमिरेलाई नियुक्ति पत्र प्रदान गरे । गत बिहीबार मात्र एनफाले प्रमुख प्रशिक्षकमा इटालियन गुग्लिएल्मो एरिनालाई नियुक्त गरेको थियो ।
यसैगरी एन्फाले मदनलाल श्रेष्ठलाई टिम म्यानेजर, राजीवकुमार ायदवलार्य सहायक टिम मेनेजर र पंकज शाहीलाई परफरमेन्स अनालिस्ट नियुक्त गरेको छ ।