घट्दै सुनको मूल्य, एक हप्तामै घट्यो ३६ हजार
काठमाडौं, १० चैत । सुनको मूल्य मंगलबार प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
एक सातामै सुनको भाउ तोलामा ३६ हजार रुपैयाँ घटेको छ । गत मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेपछि त्यसको प्रभाव नेपाली बजारमा परिरहेको छ ।
आज चाँदी भने सामान्य बढेको छ । प्रतितोला ८० रुपैयाँले चाँदीको भाउ बढेसँगै ४ हजार ५०५ रुपैयाँ पुगेको छ । चाँदी पनि विगत एक सातामा ८३० रुपैयाँ घटेको छ । गत मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।