सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० ले घट्यो

काठमाडौँ, १६ असार । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आउने क्रम आज मङ्गलबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले ओरालो लागेको हो।

महासङ्घले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो भने गत आइतबार सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ रहेको थियो।

यसैगरी, चाँदीको मूल्य पनि आज घटेर प्रतितोला ४ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो सोमबार चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो भने गत आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३२५ रुपैयाँ निर्धारण गरिएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार ९८१ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५७ दशमलव ३३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।