विदेशी मुद्राको विनिमय दर यस्ताे छ आज, अमेरिकी डलरको भाउमा सामान्य गिरावट
काठमाडौँ, १९ साउन । नेपाल राष्ट्र बैंकले आज साउन १९ गतेका लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले तोकेको दर अनुसार आज अमेरिकी डलरसहित केही प्रमुख विदेशी मुद्राको मूल्यमा सामान्य गिरावट देखिएको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८५ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७६ रुपैयाँ १३ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ७७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा रहेको छ ।
वैदेशिक रोजगारीका लागि आकर्षक मानिने खाडी मुलुक र अन्य विभिन्न देशका मुद्राहरूको दर यस प्रकार छ:
कतारी रियाल: खरिद ४१ रुपैयाँ ७६ पैसा, बिक्री ४१ रुपैयाँ ९३ पैसा
साउदी रियाल: खरिद ४० रुपैयाँ ५४ पैसा, बिक्री ४० रुपैयाँ ७० पैसा
युएई दिराम: खरिद ४१ रुपैयाँ ४५ पैसा, बिक्री ४१ रुपैयाँ ६१ पैसा
कुवेती दिनार: खरिद ४९५ रुपैयाँ ८० पैसा, बिक्री ४९६ रुपैयाँ ७५ पैसा
बहराइन दिनार: खरिद ४०३ रुपैयाँ ७९ पैसा, बिक्री ४०५ रुपैयाँ ३८ पैसा
अन्य मुद्राहरू:
अष्ट्रेलियन डलर: खरिद १०६ रुपैयाँ ६४ पैसा, बिक्री १०७ रुपैयाँ ०६ पैसा
जापानी येन (१०): खरिद ९ रुपैयाँ ७० पैसा, बिक्री ९ रुपैयाँ ७३ पैसा
चिनियाँ युआन: खरिद २२ रुपैयाँ ५५ पैसा, बिक्री २२ रुपैयाँ ६३ पैसा
साउथ कोरियन वन (१००): खरिद १० रुपैयाँ ६५ पैसा, बिक्री १० रुपैयाँ ७० पैसा
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा स्थिर रहेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक हुन सक्ने जनाएको छ ।