टप एन्ड टी-२० सिरिज : सेमिफाइनलको सम्भावना कायमै राख्न नेपाल ‘ए’ लाई जित्नैपर्ने दबाब

काठमाडौँ,  भदौ १० । अष्ट्रेलियामा जारी ‘टप एन्ड टी २० सिरिज’ अन्तर्गत आज नेपाल ‘ए’ टोलीले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) सँग प्रतिस्पर्धा गर्दैछ । डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार अपराह्न ३:१५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा आफ्नो चौथो खेल खेल्न लागेको नेपाली टोली आज दोस्रो जितको खोजीमा हुनेछ। यसअघि खेलिएका तीन खेलमध्ये नेपालले एक खेलमा जित र दुईमा हार व्यहोरेको छ। नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरे पनि नर्दन टेरिटोरी स्ट्राइक र बङ्गलादेश हाइपर्फमेन्स ११ सँग क्रमश: आठ र नौ विकेटको पराजय भोगेको थियो ।

अर्कोतर्फ, एसिटीको टोली हालसम्म खेलेका तीनवटै खेलमा पराजित हुँदै अंक तालिकाको पुछारमा छ। सेमिफाइनल पुग्ने गणितीय सम्भावना कायमै राख्न नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ। हाल नेपाल दुई अंकका साथ तालिकाको सातौँ स्थानमा रहेको छ ।

नेपाली टोलीमा कप्तान अनिलकुमार शाह, कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *