भोटेकोशी बाढी: १२ वटा हेलिकप्टरमार्फत उद्धार कार्य तीव्र, हालसम्म १२ जनाको सुरक्षित उद्धार

काठमाडौँ, १० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको हवाई उद्धार कार्य तीव्र रूपमा भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार आइतबार दिउँसोसम्म १२ जनाको सुरक्षित उद्धार गरिएको छ।

नेपाली सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट छ जना, मैलुङबाट दुई जना र धुन्चेबाट चार जना गरी हालसम्म १२ जना बाढीपीडितको सुरक्षित उद्धार गरिएको हो।

सो क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका चार र निजी हवाई कम्पनीका आठ गरी कुल १२ वटा हेलिकप्टरहरू परिचालन गरिएका छन्। यसका साथै, बाढीपहिरोमा परी घाइते भएकाहरूको आकस्मिक उपचारका लागि नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको नम्बर १ सैन्य तालिम केन्द्रमा आपत्कालीन मेडिकल टोलीले स्वास्थ्योपचार सेवा प्रदान गरिरहेको सेनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *