हजारौ गरिबको ऋण तिरिदिए अभिनेता अमिताभ बच्चनले
काठमाडौं। बलिउडका विश्व प्रसिद्ध अभिनेता अमिताभ बच्चनले भारतका सयौं किसानको ऋण तिरिदिएका छन्। अभिनेता बच्चनले भारतको उत्तर प्रदेशका १ हजार ३९८ जना किसानले लिएको ऋण चुक्ता गरेका हुन्। यसका लागि अभिनेता बच्चनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेका छन्।
अभिनेता बच्चनले आफ्नो ब्लगमार्फत ऋण चुक्ताबारे जानकारी दिएका हुन्। यसबाट आफूलाई ‘एउटा काम पूरा गरेको महसुस भइरहेको’ पनि अभिनेता बच्चनले भनेका छन्। सरकारी बैंकबाट किसानले लिएको ऋण अमिताभले तिरिदिएका हुन्। बैंक अफ इन्डियासँग सम्झौता गरेर बच्चनले एकमुस्ट ऋण चुक्ता गरेका हुन्। बच्चनले किसानलाई भेटेरै ऋणमुक्तिको प्रमाणपत्र दिने इच्छा पनि व्यक्त गरेका छन्।