इ-पासपोर्ट खरिद प्रकरण: पूर्वपरराष्ट्र मन्त्री आरजु राणा पनि अख्तियारको अनुसन्धान दायरामा, निवासमा म्याद तामेल

काठमाडौँ, ४ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इ-पासपोर्ट (विद्युतीय राहदानी) खरिद प्रक्रियामा भएको भनिएको अनियमितताको अनुसन्धानका लागि नेपाली कांग्रेसकी नेता तथा पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवालाई पनि अनुसन्धानको दायरामा ल्याएको छ।

अख्तियारको विशेष अनुसन्धान टोलीले मंगलबार स्थानीय जनप्रतिनिधिको रोहवरमा बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेर बयानका लागि हाजिर हुन आउनु भनी म्याद तामेल गरेको हो।

राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालसहितका पदाधिकारीहरूसँगको मिलेमतोमा योग्यता नपुगेको कम्पनीलाई ठेक्का दिलाएर राज्यलाई नोक्सानी पुर्‍याएको उनीमाथि आरोप छ ।

अख्तियार स्रोतका अनुसार यस सेटिङमा आरजुका छोरा जयवीर देउवा समेत संलग्न रहेको भनी परेका उजुरी र प्राप्त प्राविधिक प्रमाणका आधारमा उनीहरूलाई अनुसन्धानको दायरामा ल्याइएको हो ।

यो प्रकरणमा हालसम्म राहदानी विभागका महानिर्देशक अर्यालसहित चार जना पक्राउ परिसकेका छन् भने अन्य ४० जनामाथि छानबिन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *