नेपाल सुन्दरी शृङ्खलाले इशानीको रेकर्ड तोड्न सकिनन्

 

काठमाडौँ । सन् २०१८ को विश्व सुन्दरी घोषणाको लागि अन्तिम प्रतिस्पर्धामा शृङ्खला खतिवडाको यात्रा टप १२ मै टुङ्गिएको छ।

यसअघि सन् २०१३ मा इशानी श्रेष्ठ टप टेनमा पुग्न सफल भएकी थिइन्।

नेपाल प्रतियोगितामा मिस मल्टिमिडिया तथा ब्यूटी वीथ पर्पोजको उपाधि जितेर अन्तिम ३० मा प्रवेश पाएकी थिइन्। मिस वर्ल्डमा २३ वर्षीया मिस नेपाल शृङ्खला खतिवडालाई बलियो प्रतिस्पर्धी मानिएको थियो।

सान्यमा भएको फाइनलमा मिस नेपाल शृङ्खदा खतिवडा नेपाली झण्डा सहित सहभागी भएकी थिइन् ।

६८ औँ संस्करणसम्म आइपुग्दा ३६ वटा देशबाट मिस वर्ल्ड भैसकेका छन् । यस पटकको प्रतियोगितामा नेपाली प्रतिस्पर्धी तथा मिस नेपाल वर्ल्ड शृङ्खला खतिवडामा सबैको ध्यान पुगेको थियो ।
मेक्सिकोले यस वर्षको मिस वर्ल्ड २०१८ को उपाधि जितेको छ। मेक्सिकोका लागि भनिसा पोन्सले सो उपाधि जितेकी हुन्। मिस वर्ल्ड २०१८ मा १२१ देशले सहभागिता जनाएका थिए।