फिलिपिन्समा नेपाली सुन्दरी खुश्बु यादवलाई अवार्ड

 

काठमाडौं। केही दिनअघि मात्र फिलिपिन्सको राजधानी मनिलामा मिस ग्लामर लुक इन्टरनेशनल २०१९ सम्पन्न भएको छ। त्यस व्युटी पेजेन्टमा नेपालकी सुन्दरी खुश्बु यादवले सहभागिता जनाएकी थिइन्।
नेपालको अग्रणी इभेन्ट म्यानेजमेन्ट कंपनी मर्निङ ग्लोरी इन्टरटेन्टमेन्ट मार्फत त्यस प्रतियोगितामा भाग लिएकी खुश्बुले मिस क्लोजअप स्माइल टाइटल अवार्ड जित्न सफल भएकी छन्।
विश्वका एक से एक प्रतियोगीहरु माझ नेपाल र नेपालीको पहिचान दिने कार्य त्यस प्रतियोगिताको नेपाल नेशनल डाइरेक्टर समेत रहेकी मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टकी म्यानेजिङ डाइरेक्टर मोहना क्षेत्रीले भिजन संसार डटकमलाई बताएकी छन्।
काठमाडौं कलंकी निवासी खुश्बु यादव स्मार्ट तथा सकारात्मक सोचकी सुन्दरी हुन्।