एएफसी फुटसल कोर्स

 

काठमाडौँ, २० फागुन । नेपालमा पहिलोपटक आयोजना भएको तीनदिने एएफसी फुटसल कोचिङ कोर्स (लेभल ‘ए’) आज सम्पन्न भएको छ ।

एएफसी इन्स्ट्रक्टर होसेन सामले नेपालका १९ जना प्रशिक्षकलाई उक्त कोर्स दिनुभएको हो ।

कोर्सको अन्तिम दिन आज सामले नेपाली प्रशिक्षकको प्रशंसा गर्दै नेपाली प्रशिक्षक दक्षिण एसियामा आफूले ट्रेनिङ दिएकामध्ये उत्कृष्ट भएको बताउनुभयो । उहाँले इरानका लागि पाँचपटक एसियन फुटसल च्याम्पियनसिप उपाधि जितिसक्नुभएको छ ।

त्यसैगरी अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष नरेन्द्र श्रेष्ठले फुटसलको राष्ट्रिय टोली बनाउन भविष्यमा नेपालमा पनि फुटसल लिगको आयोजना गर्ने बताउनुभयो । रासस