कोलकाता उच्च अदालतको आदेश : दुर्गाप्रसादको परिवारलाई क्षतिपूर्ति दिनू

 

कोलकाता । कोलकाता उच्च अदालतले ४० वर्षपछि भारतीय जेलबाट रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारलाई क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ।
इलामका तिम्सिनाको मुद्दामाथि फैसला गर्दै सोमबार कलकत्ताको उच्च अदालतले उनका परिवारले मागे कानुन अनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको दुर्गाप्रसादको मुद्दा लडिरहेका वकिल हिरक सिन्हाले जानकारी दिनुभयो ।
सिन्हाका अनुसार अदालतले दुर्गाप्रसादको मुद्दा विरलै हुने भन्दै अदालतले यस्तो आदेश दिएको हो।

‘कानुन अनुसार क्षतिपूर्ति दिनू भनिएको छ। क्षतिपूर्ति कति हुन्छ अहिले भन्न सकिन्नँ,’ सिन्हाले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *