प्रधामन्त्रीको हत्या गर्ने अभिव्यक्ति दिने सांसद वैद्यलाई हदैसम्मको कारवाही हुनुपर्छः सांसद डाक्टर शाक्य

काठमाडौँ । बागमती प्रदेशसभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै सत्ता पक्षका सांसदहरुले उहाँलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । यस्तो माग गर्ने सांसदहरुमा डाक्टर अजयक्रान्ति शाक्यलगाय छन् । ‘आजको बैठकमा प्रदेश सांसद वैद्यले देशको कार्यकारी प्रमुखलाई संसदीय मर्यादाको समेत ख्याल नगरी दिएको अभिव्यक्ति खेदजनक छ,’ प्रदेश सांसद शाक्यले भन्नुभयो, ‘महात्मा गान्धीका हत्यारा नाथुराम विनायक गोड्से उदाहरण दिदैँ उहाँले देशको प्रधानमन्त्रीको हत्या गर्न तयार छु भन्दै दिएको अभिव्यक्ति क्षमा गर्न योग्य छैन । उहाँलाई हदैसम्मको कारबाही गर्न माग गर्छौ ।’

प्रदेशसभाले प्रस्तुत गरेको नीति तथा कार्यक्रबारेको बहसमा वैद्यले छलफल भन्दा बाहिरको विषयवस्तुको उठान गर्दै कार्यकारी प्रमुखकै हत्या गर्ने अभिव्यक्ति अराजकताको पराकाष्ट भएको पनि सांसदहरुको भनाई छ । ‘प्रमुखप्रतिपक्षी दल नेपाली काँग्रेसले पनि सांसद वैद्यको व्यक्तिगत अभिव्यक्ति हो कि काँग्रेसकै आधिकारिक धारणा हो प्रष्ट पर्नुपर्छ भन्ने हाम्रो धारणा छ,’ शाक्यले भन्नुभयो, ‘सांसद वैद्यले ‘महात्मा गान्धीको हत्यारा नाथुराम विनायक गोड्से बन्न कोही तयार छैन भने म बन्छ’ु भनी दिएको अभिव्यक्ति भत्र्सनायोग्य छ ।’

सांसद वैद्यले प्रधानमन्त्रीले आफ्नो सत्ता बचाउनका निम्ति विभिन्न किसिमको हतकण्डा अपनाइरहेको भन्दै नेपालको अहिलेको परिपेक्षमा नाथुराम गोड्से भन्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो । ‘नेपालको अहिलेको परिपेक्षमा खड्क ओलीलाई यसरी नै छाड्ने हो भने नेपाल खाइदिन्छ है, खाइदिन्छ है,’ वैद्यले भन्नुभएको थियो, ‘त्यसैले मेरो आग्रहचाँहि कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब, यो देश बचाउनका लागि कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्छु ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *