संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले महासभामा नेपाल सम्झिदैँ भन्नुभयो–जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ

काठमाडौं, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएको भन्दै करीब एक महिना अघिको भोटेकोशी बाढीलाई त्यसको वास्तविक रूप भन्नुभएको छ । अहिले अमेरिकामा संयुक्त राष्ट्रसंघको ८१ औँ महासभा चलिरहेको छ । त्यस महासभालाई सम्बोधन गर्दै महासचिव गुटेरेसले तीन वर्ष अघिको घटना स्मरण गर्नुभएको हो ।
उहाँले तीन वर्षअघि, नेपालका हिमालहरूबाट विश्वको छानो खसिरहेको चेतावनी दिएको स्मरण गर्दै अत्यन्तै तीव्र गतिमा हिउँ पग्लिरहेको विषयमा खतराको घण्टी बजाएको भनि दिएको अभिव्यक्तिको सम्झना गर्नुभएको हो । ‘कतिपयले यसलाई खतराहरूबारे बढाइचढाइ गरिएको भनेर खारेज गरे । तर अहिलेका दुःखद घटना .नेपालमा देखिएको छ,’ उहाँले भन्नुभएको छ,’ ‘धेरैले सोचेभन्दा चाँडै यसका कडा प्रहारहरू देखिइरहेका छन् । ती अझ व्यापक रूपमा फैलिरहेका छन् ।’

जलवायु परिवर्तनको जोखिम अहिले वास्तविक भएर आएको र त्यो संसारले देखेको भन्दै जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको पनि र उनीहरुले न्याय नपाएको उल्लेख गर्नुभयो । उहाँले कढा शब्दमा जलवायु परिवर्तनको मूल्य प्रदूषकहरूले तिर्नैपर्छ भन्दै यसको असर परेका कमजोर देशहरूले न्याय पाउनैपर्छ भन्नुभयो । ‘जलवायु न्याय हुनैपर्छ, धनी देशहरूले यो तिर्नैपर्छ,’ उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनका असरसँग जुध्न पर्याप्त आर्थिक स्रोत अति नै कम भयो । जलवायु परिवर्तनसम्बन्धी हानि तथा नोक्सानी कोषमा लाजमर्दो रूपमा कम रकम भयो । यस्मा पर्याप्त रकम हुनुपर्छ ।’ गुटेरेसले ऋणको बोझमा थिचिएका विकासोन्मुख देशहरूका लागि वित्तीय प्रणालीमा सुधार गर्न आह्वान गर्दै प्रविधि आफैंमा खतरा नभएको तर उत्तरदायित्वविहीन प्रविधि भने खतरनाक हुने चेतावनी पनि दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *