आज केन्यासँग पहिलो टी–२० खेलमा भिड्दै नेपाल
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज केन्याको घरेलु टोलीसँग पहिलो टी–ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउसो पौने चार बजे नेपालले केन्यासंग प्रतिस्पर्धा गर्नेछ ।
नेपालका कप्तान सन्दीप लामिछानेले बुधबार आयोजित प्रि–म्याच कन्फरेन्समा टिमको लक्ष्य सबै खेल जित्ने रहेको बताएका छन् ।
यसअघिको दुई भेटमा नेपालले केन्यालाई हराएको छ ।
पाँच खेलको सिरिज अन्तर्गत दोस्रो टी–ट्वान्टी भदौ १० गते , तेस्रो टी–ट्वान्टी भदौ १२ गते, चौंथो टी–ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी–ट्वान्टी भदौ १४ गते हुनेछ ।