काठमाडौंको दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने

काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कन्सर्ट हुने भएको छ । आउँदो असोज १५ गते शनिबारका दिन, दसैँको मौका पारेर रंगशालामा साङ्गीतिक महोत्सवको आयोजना हुन लागेको हो ।

यो कन्सर्ट १० वर्षपछि आयोजना हुन लागेको पहिलो कन्सर्ट हो ।

उक्त कन्सर्टमा दि एज ब्यान्ड, नितेशजङ कुँवर, बर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुबानी मोक्तान, दि एलिमेन्ट्स ब्यान्डडलगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने छन् ।

यस दसँै महोत्सवको टिकटक प्रतिस्पर्धासमेत राखिएको छ । यसअन्तर्गत १० जनाले पोखरा रिसोर्ट प्याकेज, विभिन्न रेष्टुरेन्टमा डिनर प्याकेज, भिआइपी एक्सेसलगायत पुरस्कारहरु प्रदान गरिनेछ ।

कन्सर्टको आयोजना पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेन्डली मिडियाको संयुक्त आयोजनामा हुन लागेको हो ।

उक्त कन्सर्टको टिकटको मूल्य १ हजार देखि पाँच हजारसम्मको हुने आयोजक टिमले जनाएको छ ।