‘गोर्खाः विनिथ द ब्रेभरी’ भदौ २४ बाट प्रदर्शन हुने
काठमाडौँः नेपाली चलचित्र ‘गोर्खाः विनिथ द ब्रेभरी’ भदौ २४ बाट प्रदर्शनमा आउने भएकाे छ ।
उक्त चलचित्रको आज राजधानीमा प्रिमियर शो देखाइएको हो ।
गोर्खाका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक घट्नामा आधारित रहेर बनाइएको चलचित्रलको प्रिमियरमा थापाका परिवार पनि उपस्थित रहेका थिए ।
यस चलचित्रका निर्देशक प्रदीप शाही हुन् । चलचित्रमा कुलवीरले युद्ध मैदानमा कसरी अन्यको ज्यान जोगाए भन्नेबारे मनोविज्ञानलाई १ घण्टा १२ मिनेटको कथामा समेटिएको छ ।
फिल्ममा समीर गुरुङ, गौमाया गुरुङलगायतको अभिनय रहेको छ ।