साफ महिला च्याम्पियनसिप अन्तरगत नेपाल र श्रीलंका खेल्दै
काठमाडौं : साफ महिला च्याम्पियनसिप अन्तर्गत आजको खेलमा नेपालले र श्रीलंकासँग खेल्दैछ । यो समूह ‘बी’ अन्तरगतको अन्तिम खेल हो ।
खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे दशरथ रंगशालमा हुनेछ ।
नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो ।
दुई खेल खेलिसकेको भुटान भने एक जित र एक हारको नतिजापछि समूह बी बाट यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ ।
श्रीलंकासँग बराबरी वा जितले नेपाल समूह विजेता बन्नेछ । श्रीलंकाले भने सेमिफाइनल पुग्न नेपाललाई पाँच अन्दा बढी गोल अन्तरले हराउनुपर्नेछ ।