१३.५९ अंकले घट्यो नेप्से, कारोबार रकममा भने केहि सुधार

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से ओरालो लागेको छ । सोमबार बजार परिसूचक नेप्से १३.५९ अंकले घटेर १९१२.६९ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सामूहिक लगानी कोष बाहेक सबै उपसूचकमा गिरावट भएको छ । नेप्सेमा गिरावट हुँदा आइतबारको भन्दा कारोबार रकम भने केही बढेको छ । आइतबार ७५ करोड पनि नपुगेको कारोबार रकम सोमबार सामान्य वृद्धि भएको हो ।

सोमबार २६ लाख १३ हजार ५४० कित्ता सेयर किनबेच हुँदा ८३ करोड १६ लाख ४ हजारको कारोबार भएको छ । नेप्सेमा कारोबार भएका कम्पनीमध्ये नबिल बैंकको सर्वाधिक ४ करोड ७ लाख ५५ हजारको सेयर किनबेच भएको छ ।

सोमबार कारोबार अवधिभर नेप्सेमा १८९ कम्पनीको सेयर कारोबार भएकोमा १४९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।