युरोपा लिग फुटबलमा युनाईटेडको पहिलो जित

काठमाडौं : म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पहिलो जित हातपारेको छ ।

समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा एफसी सेरिफलाई २–० गोल अन्तरले हराउँदै युनाईटेडले पहिलो जित निकालेको हो ।

युनाईटेडको तर्फबाट जाडोन सान्चो र क्रिस्टियानो रोनाल्डोको एक एक गोलले जित दिलाउन सफल भएको हो ।

खेलको १७ औं मिनेटमा सान्चोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए भने ३९ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गरेका थिए ।

यस जितसँगै युनाईटेडले २ खेलमा ३ अंक जोडेको छ ।