सुनको मूल्यमा पुनः वृद्धि : एकैदिन तोलामा २,५०० ले बढ्यो, चाँदी पनि महँगियो
काठमाडौँ, १९ भदौ । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले उकालो लागेको हो ।
महासङ्घले आजका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला तीन लाख सात हजार चार सय रुपैयाँ निर्धारण गरेको छ । बिहीबार सुन प्रतितोला तीन लाख चार हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि आज सामान्य वृद्धि भएको छ । शुक्रबार चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला चार हजार सात सय ६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार सात सय २५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।