तराईमा शक्ति बढाउँदै एमाले

मधेस प्रदेशका ४ जिल्लाबाट मात्रै ६० हजार प्रवेश (तथ्याङ्कसहित)

काठमाडौँ, ९ असोज । २०७३ साल फागुन २१ गते झापाबाट सुरु भएको तत्कालिन नेकपा (एमाले) को मेची–महाकाली अभियान २३ फागुनमा सप्तरी पुगेको थियो । त्यहाँको भव्य आमसभालाई तत्कालिन अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गर्दै गर्दा आक्रमण भएको थियो ।

त्यो आक्रमणसँगै अभियान नै दुई दिन स्थगन गर्नुपरेको थियो भने त्यो आक्रमणपछि एमालेले मधेस प्रदेशका जनकपुर, विरगञ्जलगायतका स्थानमा गर्ने आमसभा स्थगन गरेको थियो । त्यतिबेलासम्म पनि एमालेलाई जवरजस्त मधेस बिरोधी पार्टीको आरोप लाग्ने गरेको थियो ।

०७३ पछिका यी करीब ६ वर्षमा सप्तकोशी र नारायणीमा धेरै पानी मात्रै बगेन । त्यो कहाली लाग्दो दृष्यपछि ओली देशको प्रधानमन्त्री बन्नुभयो । उहाँ प्रधानमन्त्री बनेपछि तराई मधेसलाई उहाँले प्राथमिकतामा राखेर बजेट मात्रै विनियोजन गर्नुभएन । त्यहाँका जनताको भरोसा पनि एमाले विस्तारै बन्न थाल्यो । हो, अहिले मधेसको दृष्य फेरिएको छ ।

०७३ पछिका यी करीब ६ वर्षमा सप्तकोशी र नारायणीमा धेरै पानी मात्रै बगेन । त्यो कहाली लाग्दो दृष्यपछि ओली देशको प्रधानमन्त्री बन्नुभयो । उहाँ प्रधानमन्त्री बनेपछि तराई मधेसलाई उहाँले प्राथमिकतामा राखेर बजेट मात्रै विनियोजन गर्नुभएन । त्यहाँका जनताको भरोसा पनि एमाले विस्तारै बन्न थाल्यो । हो, अहिले मधेसको दृष्य फेरिएको छ

कुनै बेला मधेसमा कमजोर देखिएको नेकपा (एमाले) पछिल्लो समय आफ्नो शक्तिलाई मधेश केन्द्रित बनाउने ध्यानमा लागेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पनि पछिल्लो समय तराई मधेस केन्द्रित पार्टी भेला र पार्टी प्रवेश कार्यक्रममा निकै सक्रिय देखिन थाल्नु भएको छ । एमालेले दिएको आधिकारिक जानकारी अुनसार मधेस प्रदेशका चार जिल्लाबाट मात्रै पछिल्लो समय ६० हजार ६ सय ९१ जनाले पार्टी प्रवेश गरेका छन् ।

पर्सा जिल्लाबाट एमालेमा प्रवेश गर्नेको संख्या ३० हजार ९० छ । सिरहा जिल्लाबाट १२ हजार २ सय १६ जनाले एमाले प्रवेश गरेका छन् । सर्लाहीबाट ७ हजार ८ सय १५ जनाले एमाले प्रवेश गरेको एमालेको तथ्याङ्क छ । रौतहटबाट १० हजार पाँच सय ७० जनाले प्रवेश गरेका छन् ।

 एमाले निकै बलियो अवस्थामा रहेको झापामा १३ हजार ५ सयले एमाले प्रवेश गरेका छन् । मोरङ र सुनसरी पनि तराईका जिल्ला हुन् । ती दुई जिल्ला मध्ये मोरङमा १० हजार ९ सय ५३ र सुनसरीमा ३ हजार २५ ले एमाले प्रवेश गरेका छन्

त्यसो त प्रदेश एकका तराई जिल्लामा पनि एमालेप्रतिको आकर्षण बढेको एमालेको तथ्याङ्कमा देखिएको छ । अध्यक्ष ओलीको जिल्ला झापामा पाँच वटा निर्वाचन क्षेत्र छन् । एमाले निकै बलियो अवस्थामा रहेको झापामा १३ हजार ५ सयले एमाले प्रवेश गरेका छन् । मोरङ र सुनसरी पनि तराईका जिल्ला हुन् । ती दुई जिल्ला मध्ये मोरङमा १० हजार ९ सय ५३ र सुनसरीमा ३ हजार २५ ले एमाले प्रवेश गरेका छन् ।

पश्चिम र सुदुर पश्चिमका तराइका जिल्लामा पनि एमाले प्रवेश गर्नेको लहर देखिएको छ । एमालेको तथ्याङ्क अनुसार नवलपुरबाट १ हजार ५ सय ३७ ले एमाले प्रवेश गरेका छन् । त्यस्तै परासीबाट २ हजार २ सय ३ र रुपन्देही १० हजार ३ सय ५१ ले एमाले प्रवेश गरेका छन् । कपिलवस्तुबाट ५ हजार ९ सय ७ र बाँकेबाट ८ हजार १७ अनि कञ्चनपुरबाट ३ हजार १ सय ९५ले एमाले प्रवेश गरेका छन् । कैलालीबाट मात्रै एमाले प्रवेश गर्नेको संख्या ३ हजार ८३ छ ।