कङ्गोमा विद्रोहीहरूद्वारा स्वास्थ्य केन्द्रहरूलाई निशाना, सातको हत्या
बेनी डिआर कङ्गो, ४ कात्तिक । विद्रोहीहरूले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा बुधबार राति दुईवटा स्वास्थ्य केन्द्रलाई निशाना बनाएर गरेको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको र एक नर्सलाई अपहरण गरेको स्थानीय स्रोतले बताएको छ।
उनीहरूले बिरामीलाई पनि मारे,उत्तरी किभु प्रान्तको बेनी क्षेत्रको माबोया शहरमा रहेको रेफरल क्लिनिकका नर्स नोर्बर्ट मुहिन्दोले एएफपीलाई बताएका छन् ।
विद्रोहीहरू एलाइड डेमोक्रेटिक फोर्स (एडीएफ) मा आबद्ध रहेको बताइएको छ ।
आक्रमणकारीहरूले पहिले स्वास्थ्य केन्द्रमा आगजनी गर्दै तीन जनाको हत्या गरेका थिए । शहरको केन्द्रमा आतङ्क फैलाउनु अघि अन्य तीन जना मारिएका थिए ।
मुहिन्दोले उनीहरू माबोया स्वास्थ्य केन्द्रबाट करिब १.५ किलोमिटर (लगभग एक माईल) टाढा रहेको प्रोटेस्टेन्ट समुदायको स्वामित्वमा रहेको टिङ्गे अस्पतालू मा गएको बताएका छन् ।
टिङ्गेमा उनीहरूले एक सेन्ट्रीलाई मारेको र एक नर्सलाई अपरण गरेको बताएका छन् ।
बासु चीफडम (एउटा प्रशासनिक निकाय) को नागरिक समाजका अध्यक्ष रोजर वाङ्गेभले आक्रमणको पुष्टि गर्दै ूएडीएफ विद्रोहीहरू उक्त घटनाको जिम्बेवार ठानेका छन् ।
वाङ्गेभका अनुसार विद्रोहीहरूले पछि गाउँहरू जलाएर लुटपाट समेत गरेका थिए । यसै बीच सात जनाको मृत्यु भएको एक प्रहरी स्रोतले पुष्टि गरेको छ तर परिचय भने सार्वजनिक गरेको छैन ।