तेस्रो लिंगीका लागि बृहत् खेलकुद प्रतियोगिता गरिने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले तेस्रो लिंगीहरूका लागि बृहत् खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । राखेपले आर्थिक वर्ष २०७४।७५ मा विभिन्न खेलकुद गतिविधि सञ्चालनका लागि युवा तथा खेलकुद मन्त्रालयमा पठाएको प्रस्तावमा तेस्रो लिंगीको खेलकुद पनि समावेश गरेको छ।
राखेप सदस्यसचिव केशवकुमार विष्टले आगामी वर्षका लागि प्रस्ताव गरेको नयाँ कार्यक्रममा तेस्रो लिंगीबीच बृहत् खेलकुद आयोजना गर्ने विषयलाई पनि प्राथमिकताका साथ समावेश गरिएको जानकारी दिनुभयो ।
विश्वमै तेस्रो लिंगीहरूको खेलकुद निकै कम हुने गरेको छ । तेस्रो लिंगीको विषयलाई लिएर विश्व खेलकुदमा समय समयमा विवाद पनि देखिने गरेको छ । सदस्यसचिव विष्टले तेस्रो लिंगी पनि देशका नागरिक भएकाले उनीहरूलाई समान दृष्टिले हेर्नुपर्छ भन्ने मान्यतासहित यस्तो प्रस्ताव अघि सारिएको जानकारी दिनुभयो । ुतेस्रो लिंगी हुनुमा उनीहरूको दोष छैन । उनीहरू पनि देशका नागरिक हुन्, हाँसो र खिसीका पात्र होइनन् । त्यसैले उनीहरूलाई पनि खेलकुद क्षेत्रमा समाहित गर्न तेस्रो लिंगीहरूको खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारीमा हौुं, विष्टले भन्नुभयो ।
तेस्रो लिंगीहरूको खेलकुद प्रतियोगितामा समावेश गरिने खेल, त्यसको संरचना र सहभागिताको विषयमा आवश्यक छलफल भइरहेको जानकारी पनि उहाँले दिनुभयो । ुहरेक वर्ग, क्षेत्र र उमेर समूहका व्यक्तिलाई खेलकुदमा समाहित गर्ने हाम्रो नीति हो । त्यसैलै आगामी आर्थिक वर्षका लागि केही फरक कार्यक्रम अघि सारेका छौं, त्यसमध्ये तेस्रो लिंगीको खेलकुद नितान्त नयाँ अवधारणा होु, सदस्यसचिव विष्टले भन्नुभयो ।
राखेपले आगामी वर्षदेखि ुराखेप च्याम्पियनसिपु को नाममा अर्को राष्ट्रिय खेलकुद प्रतियोगिता पनि सञ्चालन गर्ने भएको छ । राखेप च्याम्पियनसिप बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएको एक वर्षपछि आयोजना गरिनेछ । ुबृहत् राष्ट्रिय खेलकुद भएको अर्को वर्ष राखेप च्याम्पियनसिप हुनेछ, यसले खेलाडीलाई व्यस्त बनाउने छ भने अन्तर्राष्ट्रिय सहभागिताका लागि पनि गतिलो तयारी हुनेछु, उहाँले भन्नुभयो ।
उहाँका अनुसार राखेप च्याम्पियनसिप भने सम्बन्धित संघले नै आयोजना गर्नेछन् । राष्ट्रपतिको नाममा छुट्टै महिला प्रतियोगिता र उपराष्ट्रपतिको नाममा यू—१४ उमेर समूहको प्रतियोगिता पनि आयोजना गरिनेछ
चैत २९ गते ।
केपी शर्मा ओली, झलनाथ खनाल,माधवकुमार नेपाल,ईश्वर पोखरेल,प्रदीप ज्ञवाली,विद्यादेवी भण्डारी, शेरबहादुर देउवा,पुष्पकमल दाहाल प्रचण्ड, कमल थापा , विमलेन्द्र निधि, खुमबहादुर खड्का, डा.प्रकाशचन्द्र लोहनी, ओनसरी घर्तीमगर,रामचन्द्र पौडेल, सुशीला कार्की, नेपाल,सगरमाथा, काठमाडौ ,ललितपुर,भक्तपुर,पोखरा,धरान,विराटनगर,चितवन,बुटबल,भैरहमा ,नेपालगञ्ज ,बाग्मति,नारायणी कोशी,लुम्बिनी,स्वयम्भू, बौद्ध,सौराहा, रिडी, मुक्तनाथ, जनकपुर, स्वर्गव्दारी, रारा ताल, अन्नपूर्ण, धौलागिरी, मुस्ताङ, बेनी, रेसुङ्गा, विराटनगर, धनकुटा, नेपालगञ्ज ,बर्दिया, नेपाल राष्ट्रबैंक, राष्ट्रिय बाणिज्य बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, थापाथली ,नारायणहिटी दरबार,पाटन दरबार,भक्तपुर दरबार,नुबाकोट दरबार,गोरखा दरबार, मनकामना,चन्दागिरी, दक्षिणकाली,विन्दवासिनी,पशुपतिनाथ, मुक्तिनाथ, जलेश्वर,जानकी मन्दिर, राम मन्दिर, कृष्ण मन्दिर,न्यातपोल, चाँगुनारायण मन्दिर, रातो मच्छिन्द्रनाथ,सेतो मछिन्द्रनाथ, जावलाखेल, गोसाइकुण्ड, फेवाताल,पोखरा, अन्नपूर्ण, सगरमाथा,कञ्चनजंघा, गणेश हिमाल,त्रिभुवन विश्वविद्यालय,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं विश्वविद्यालय,पोखरा विश्वविद्यालय,बीर अस्पतलाल,पाटन अस्पताल,नर्भिक अस्पताल, रत्नपार्क, दरवारमार्ग ,न्युरोड, विशाल बजार, वसन्तपुर, हनुमानढोका दरबार,नेकपा एमाले,नेपाली काँग्रेस, नेकपा माओवादी, राप्रपा, फोरम लोकतान्त्रिक,सदभावना पार्टी,फुटबल,क्रिकेट, भलिबल