काठमाडौं कोटेश्वरबाट अवैध लागूऔषध सहित दुइजना पक्राउ
काठमाडौं, १ मंसिर । काठमाडौंकाे कोटेश्वरबाट अवैध लागूऔषध सहित दुइजना पक्राउ परेकाे छ ।
काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बालकुमारीबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ३९ ट्याब्लेट, डाइजेपाम ६ सय ६५ एम्पुल, नुफिन ७ सय १६ एम्पुल, फेनारगन ८ सय ५२ एम्पुल, नगद ९२ हजार २ सय ८० रुपैयाँ, १ थान स्कुटर र ५ थान मोबाइल सहित पक्राउ परेकाे हाे ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-७ बस्ने ३६ वर्षीय प्रज्वल देउला, जिल्ला रौतहट गौर न.पा.वडा न.०५ स्थायी घर भई बस्ने बर्ष २३ को शिब शंकर यादवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।