१२ वर्षदेखि बन्द नेपाल औषधि लिमिटेड खुल्दै

काठमाडौँ । १२ वर्षदेखि उत्पादन बन्द गरेको नेपाल औषधि लिमिटेडले अबको दुई महिनाभित्रमा पुनः उत्पादन शुरु गर्ने अवस्थामा आफू पुगेको जनाएको छ।
यसअघि तीन महिनाभित्र औषधि उत्पादन गर्ने घोषणा गरे पनि छ महिना बितिसक्दा समेत काम नभएपछि सरकारको आलोचना हुन थालेको थियो।
सरकारी स्वामित्वमा रहेका आठवटा उद्योगहरु पुनः सञ्चालन गर्ने उद्योग मन्त्रालयको घोषणापछि औषधि लिमिटेडले पुनर्जीवन पाउने भएको हो।
औषधिको गुणस्तर नियन्त्रणका लागि बोलपत्र स्वीकृत भइसकेको र सञ्चालनको अन्तर्राष्ट्रिय मापदण्डका लागि बोलपत्र आह्वान यसै हप्ता पूरा हुने औषधि लिमिटेडले जनाएको छ।
उद्योग मन्त्री नवीन्द्रराज जोशीले प्रक्रियागत जटिलताले गर्दा समय लम्बिन पुगेको बताउनुभयो।
वैशाख ३ गते ।